मंसिर ४ चुनावपछि को प्रधानन्त्री प्रचण्ड नै हो

डा.बाबुराम भट्टराई

१३ कात्तिक, गोरखा । पूर्वप्रधाानमन्त्री तथा नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् ।

गोरखामा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले, गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ ।

यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’