बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त

एजेन्सी

बेलायती राजदरबार बकिङ्घम प्यालेसमा राजा चार्ल्स तृतीयसँग भेट गरेपछि ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री भएका छन् । सुनक बेलायतका पहिलो गैर–गोरा प्रधानमन्त्री पनि हुन् ।

भारतीय मुलका सुनक बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री पनि हुन् । सुनक उनको पार्टी र देशले संकटको सामना गरिरहँदा प्रधानमन्त्री बनेका छन् । उनका पूर्ववर्ती प्रधानमन्त्री लिज ट्रसको गलत आर्थिक नीतिका कारण बेलायत अहिले पनि गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ ।

कन्जरभेटिभ पार्टीको नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचन प्रक्रियामा सुनक निर्विरोध भएपछि प्रधानमन्त्री बन्ने निश्चित भएका थिए ।

स्रोत: सीएनएन