जाजरकोटमा भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।
मंगलबार वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए। भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन्। नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए।
खड्का र केसी डुबेपछि उनीहरुलाई बचाउन गएका शाही बगेर बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। तिहारको अवसरमा केही दिनअघि सदरमुकाम खलङ्गामा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। खसी बाजी जितेका युवाहरूले आज भेरी नगरपालिका–११ मटेलास्थित भेरी किनारमा वनभोज आयोजना गरेका थिए। निर्देशन यसरी प्रचार गरिएको पाइएमा कारवाही गरिने