Breaking News

विश्वकप अन्तर्गत समूह बी मा आज हुने दुबै खेल निर्णायक हुने

अष्ट्रेलियामा जारी आइसिसी पुरूष टी- २० विश्वकप क्रिकेटमा आज सुपर १२ पुग्ने अन्तिम २ टोलीको टुंगो लाग्नेछ।

विश्वकप अन्तर्गत समूह बी मा आज हुने दुबै खेल निर्णायक हुनेछन्।

पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्टइन्डिजले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार बिहान ९स् ४५ बजेबाट सुरू हुनेछ। यो खेलको विजेता सुपर १२ मा पुग्ने ११ औं टोली हुनेछ।

यस्तै आजै हुने समूहोको दोस्रो खेलमा स्कटल्यान्डले जिम्बावेको सामना गर्नेछ। नेपाली समय अनुसार दिउँसो १स् ४५ बजे हुने खेलको विजेता सुपर १२ मा पुग्ने अन्तिम टोली हुनेछ।

समूहका सुरूवाती दुई खेल सकिँदा सबै चार टोलीले समान २(२ अंक जोडेका छन्। त्यसैले आजको खेलमा चारै टोली सुपर १२ मा पुग्ने सम्भावना उत्तिकै छ। जित्ने टोली सुपर १२ पुग्ने र हार्ने टोली बाहिरिनेछन्।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को उपविजेता रहनेछन्।

यस्तै सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन्।

सुपर १२ को खेलहरू भोलिबाट सुरू हुनेछन्। पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समय अनुसार दिउँसो १२स्४५ बजे सिड्नीमा हुनेछ।

दोस्रो खेलमा अफगानिस्तानले इङ्ल्याण्डको सामना गर्नेछ। उक्त खेल नेपाली समय अनुसार अपरान्ह ४स्४५ बजे पर्थमा हुनेछ।

एजेन्सी