माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेवसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।