रूसमा सैनिक तालिम केन्द्रमा एक जना बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु

एजेन्सी

रूसमा सैनिक तालिम केन्द्रमा एक जना बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार शनिबार युक्रेनविरूद्ध लड्न चाहने स्वंयसेवकहरूलाई सैन्य तालिम गराइने चौरमा गोली चल्दा १५ जना घाइते भएका छन्।

युक्रेनको सीमा नजिकको तालिम केन्द्रमा दुई जनाले अन्धाधुन्ध गोली चलाएका थिए। उनीहरू कुन मुलुकमा हुन् भन्ने खुलेको छैन। घटनामा उनीहरू पनि मारिएका छन्।

रूसले आफ्नो कब्जामा लिएको क्रिमियामा पुल ध्वस्त बनाएको एक सातापछि यो आक्रमण भएको हो।

रूसका केही स्वतन्त्र मिडियाहरूले यो घटनामा सरकारी अधिकारीहरूले सार्वजनिक गरे भन्दा बढी नै हताहती भएको बताएका छन्।