Breaking News

पुरुष १५०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण पदक जिते

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १५०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण पदक जितेका छन् ।

मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेण्डमा पूरा गरे

एपीएफका अजित यादवले ३ मिनेट ५३.११ समयसहित रजत जिते ।

नेपाल पुलिस क्लबका नागेश्वर अहिले ३ मिनेट ५६.५ सेकेण्ड समय सहित कास्य जिते ।