आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सत्तारुढ गठबन्धन संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारा दिएर चुनावमा जाने भएको छ । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारा दिएर चुनावमा होमिने निर्णय गरेको हो ।
बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । जसअनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा ११ बजे, नेकपा (एस) ले व्यवस्थापन गर्ने, कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवल २ बजे, नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने, कार्तिक ५ गते विराटनगर ११ बजे, नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्न, कार्तिक ५ गते २ बजे जनकपुर, लोसपालाई पनि आमन्त्रण गर्ने र व्यवस्थापन नेपाली काङ्ग्रेसले गर्ने, कार्तिक ६ गते धनगढी , ११ बजे व्यवस्थापन नेकपा (माओवादी केन्द्र) ले गर्ने, कार्तिक ६ गते सुर्खेत २ बजे, नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने, र कार्तिक ७ गते काठमाडौँ ११ बजे (नेकपा माओवादी केन्द्र) ले व्यवस्थापन गर्ने ।
कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३र३ जना सहभागी हुने निर्णय गरिएको छ । त्यस्तै जुन पार्टीले व्यवस्थापन गर्ने हो उसले भेलाको आयोजना गर्नेछ । भेलामा प्रमुख नेताहरु वक्ताहरू हुनेछन् ।