एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने

नेता भीम रावल

२७ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताएका छन् ।

ेनेता रावलले पत्रकार सम्मेलन गरी एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए ।

एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरुका लागि मत माग्न नसक्ने बताए ।

रावलले देशभक्त, मार्क्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।