भारतमा एकैदिन २४८७ जनामा कोरोना संक्रमित

२१ बैशाख, काठमाण्डौं । कोरोना संक्रमितको संख्या बढ्ने क्रममा भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिदै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले आज आइतबार साँझ दिएको जानकारीअनुसार गएको २४ घण्टामा मात्रै त्यहाँ दुई हजार चार सय ८७ संक्रमित थपिएका छन् भने ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा यति धेरै संक्रमित देखिएको पहिलो पटक हो । त्यहाँ कुल कोरोनाभाइरस संक्रमितको संख्या ४० हजार दुई सय ६३ पुगेको छ ।
कोरोनाको संक्रमणबाट एक हजार तीन सय छ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। त्यस्तै १० हजार आठ सय ८७ जना उपचारपछि घर फर्किएका छन् । कोरोनाभाइरसको संक्रमण धेरै नफलियोस् भनेर भारतमा मार्च २५ देखि लकडाउन गरिएको थियो । लकडाउन सुरू हुनुअघि भारतमा कोरोना संक्रमितको संख्या पाँच सय मात्रै थियो ।
४० दिन लकडाउन गर्दा पनि कोरोनाको संक्रमण निरन्तर बढेपछि भारतले पछिल्लो पटक थप दुई साताका लागि लकडाउन लम्ब्याएको छ ।