झापाको अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार रानाले एमाले परित्याग गरेका छन् । नेकपा एमाले परित्याग गरेपछि आईतबार नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर मनोनयन दर्ता गर्ने भएका छन्। ‘ मेरो उम्मेदवारी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि हो म माओवादीबाट उम्मेदवार हुन्छु ।
राना ५ दलीय गठबन्धनबाट उम्मेदवार बन्ने पक्का भएको नेकपा माओवादी केन्द्र झापाका एक नेताले बताए । यसअघि त्यस निर्वाचन क्षेत्रमा गठबन्धनले माओवादी नेतृ धर्मशीला चापागाईंलाई उम्मेदवारी बनाउने निर्णय गरेको थियो । यस विषयमा माओवादी नेतृ चापागाईंको आधिकारीक धारणा भने आएको छैन । राना नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन् । नेकपा एमालेको असन्तुष्ट समुहको आग्रहमा पाँच दलीय गठबन्धनले थापालाई झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारका लागि स्वीकार गरेको हो ।
नेकपा एमालेले भने झापा २ मा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सारेको थियो । तर पार्टीभित्र असन्तुष्टि बढेपछि उनलाई झापा क्षेत्र नम्बर १ मा पठाएर २ नम्बर क्षेत्रमा पार्टीका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको नाम अन्तिममा टुंगो लगाएको थियो ।