सिट बाँडफाँट टुंग्याउन सत्तारुढ गठबन्धनको निर्णायक बैठक ३ बजे बस्दै

सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ ।