दशैंको टीकाको साइत बिहान ११:५१ मा: राष्ट्रपतिले दशैंको टीका सर्वसाधारणलाई लगाइदिने

१९ असोज, काठमाडौं । आज नेपालीहरुको महान चाँड बडादशैं । आज घरघरमा मान्यजनहरुले आफुभन्दा सानाहरु लाई टिका र जमरा लगाने र सानाहरुले मान्यजनहरुसँग टिका र जमरा थाप्ने प्रचलन रहेको छ । यही अवसरमा राष्ट्र प्रमुख राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।

‘टीका र प्रसाद प्रदान कार्यक्रम भन्दै राष्ट्रपति कार्यलयले दुईथरि कार्यक्रम राखेको छ । विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

राष्ट्रपतिले हिजो ९ जना कन्यालाई कार्यलयमै बोलाएर नवदुर्गादेवीको पूजा गरिन् । पूजाका लागि बोलाएकी कन्याहरुलाई दक्षिणासहित टीका लगाएर लत्ताकपडा समेत उपहार दिइएन ।

पूजाआराधानाका लागि राष्ट्रपति कार्यालयमा बोलाइएका ती कन्याले ‘रातो टीका निधारमा’ र ‘फेरि कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा राष्ट्रपतिलाई नाचगान पनि देखाए ।

यो वर्षको दशैंको टीकाको साइत बुधबार बिहान ११ स् ५१ मा रहेको छ ।