भेनजुयलाका जेलमा झडप ६० को मृत्यु

२१ वैशाख, काठमाडौं । भेनेजुयलाको पश्चिमी राज्य पोर्टुगुएसाको जेलमा भएको यो झडपमा थप ६० जना घाइते भएका छन् । अधिकारीवादी समुह र विपक्षी सांसदले यो घटनाको पुष्टि गरेका हुन् । यो घटना गत बैशाख १९ गते शुक्रबार भएको छ ।
भेनेजुयलाकी जेलमन्त्री आइरिस भरेलाले कैदीहरुले जेलबाट भाग्ने प्रयासपछि यो झडप भएको बताएकी छिन् । उनका अनुसार यो झडपको क्रममा जेलका निर्देशकलाई पनि गोली लागेको छ ।
विपक्षी दलका सांसद मारिया बियट्रिज मार्टिनेजले कैदीहरुको परिवारलाई जेलमा भेट गर्न रोक लगाइएसँगै यो झडप भएको हो । भेनेजुयलाले कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणको लागि कैदीलाई परिवारसँग भेट्न रोक लगाएको हो । सैची संयुक्त राष्ट्रसंघले यो घटनाको अनुसन्धानको माग गरेको छ । राष्ट्रसंघले जेलमा अत्यधिक भिड कम गर्न र आधारभूत अधिकारको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । भेनेजुयलामा क्षमताभन्दा धेरै कैदी रहेका छन् ।गत वर्ष पनि पोर्टुगुएसाकै अर्को जेलमा पनि झडप हुँदा २९ कैदीको मृत्यु भएको थियो ।
स्रोत :अलजजीरा