उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान

एजेन्सी

२१ वैशाख, काठमाडौं । उत्तर र दक्षिण कोरियाको सीमामा आज आइतबार बिहान गोली हानाहान भएको छ । दक्षिण कोरियाले स्थानीय समयअनुसार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको दाबी गरेको छ। जवाफमा दक्षिणले पनि गोली हानेको हो। गोली हानाहानमा कोही घाइते भने भएका छैनन् ।
उत्तर कोरियाली नेता किम जोङ उन झन्डै तीन सातापछि सार्वजनिक भएको अर्को दिन उत्तरले दक्षिण कोरियातर्फ गोली हानेको हो । पछिल्लो समय उत्तर(दक्षिण कोरियाबीच तनावको वातावरण केही मत्थर भएको थियो । राष्ट्रपति मुन जाइ इन आफैं सीमावर्ती गाउँमा पुगेर उत्तर कोरियाली नेता उनसँग भेटवार्ता गरेका थिए ।