भारतीय कमेडियन राजु श्रीवास्तावको ५८ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म मुम्बईको अस्पतालको आईसीयूमा उपचार गरिएको
थियो ।

श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो । बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे ।

श्रीवास्तवले राजनीतिमा आफ्नो पाइला अघि बढाएका थिए । सन् २०१४ मा कानपुरबाट लोकसभा चुनावको टिकट समेत पाएका थिए, तर उम्मेदवार बन्ने प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।

राजु श्रीवास्तावको निधनप्रति भारतीय कलाकार, प्रशंसक र राजनीतिज्ञहरुले दुःख व्यक्त गरेका छन् ।