संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो

रामचन्द्र पौडेल

नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गर्ने काम गरेको बताएका छन्।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नुपर्ने भए पनि उनले अस्वीकार गरेकी थिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको पौडेलले बताए।

पौडेलले सामाजिक संजालमा ट्वीट गर्दै संसदबाट अनुमोदन भएको विधेयक प्रमाणीकरण गरी संवैधानिक अधिकार प्रयोग गर्नुको साटो राष्ट्रपतिबाट विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताए।

बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिकै प्रहार भएको बताए।

‘जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।