राष्ट्रपति र सिट बाँडफाँड बिषयमा सत्तारुढ गठबन्धनको बैठक केही बेरमा बस्दै

५ असोज, काठमाडौं । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो तर हिजो राती १२ बजेसम्म समेत प्रमाणीकरण नभएपछि त्यस बारेमा राय लिन सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।

बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने छ ।