२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो चरणमा दैनिक रुपमा अनधिकृत संरचनाको प्रयोजन रोक्ने कार्य गरिरहेको छ । नक्सा विपरीत बेसमेन्टको प्रयोजन, फुटपाथ अतिक्रमण, फुटपाथमा व्यवसाय, सार्वजनिक स्थानमा विनास्वीकृति निर्माण भएका संरचना, नक्सा पास विनाको संरचना पूर्ण रुपमा हटाउने अभियान महानगरले दैनिक रुपमा चलाइरहेको छ । यस्ता संरचनाहरु हटाउन सूचना दिने र नहटाए आफैं हटाउने काम अहिले नगरप्रहरीको दैनिकी नै बनेको छ ।
हिजो बिहीबार मात्रै महानगरले अवैध भवनका लागि ९० दिने र पर्खालका लागि ३५ दिने सूचना जारी गरेर नक्सापास गरिसक्न सूचित गरेको छ ।