गायक तथा सर्जक लोकेश गोराल लाउरेको र पूजा देवकोटाको ‘मेरो सानु’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । संगीतको दूनीयाँमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल गायक तथा सर्जक हुन लोकेश गोराल लाउरेको नयाँ गीत ‘मेरो सानु’ लोकेश गोराल (लाउरे) अफिसियल युट्युवमार्फत सार्वजनिक भएको छ ।

गायक तथा सर्जक लोेकशले गीतमा उनीसंगै चर्चित बालगायिका पुजा देवकोटाको बजोड आवाज प्रस्तुत छ । गीतमा गायक लाउरेले कै शब्द र संगीत रहेको छ । भिडियोमा जीत रावल, प्रियंका कुँवर र नबिन भट्टले अभिनय गरेका छन् भने भिडियोलाई रमेश बिजुली बिसीले निर्देशन गरेका छन् ।

भिडियोमा गीतले माया र प्रेममा आधारित सामाग्री समेटिएको छ । भिडियोमा गीतले प्रेमीकालाई धेरै माया र जति गहिरो माया गरे पनि गरिबी र आर्थिक आवस्थामा कारण माया पनि पाउन नसकेको देखिन्छ । गीतमा पैसामा र आर्थिक प्रलोभनमा प्रेमिका पनि प्रेमीलाई छाडेर अर्कै संग गएको भिडियोमा प्रस्टाएको छ । गीत ले भन्ने खोजेको विषय आजभोलि प्रेम गर्ने जोडीलाई भिडियोले प्रष्टाएको देखिन्छ यसमा अभिनय गर्ने कलाकारले समेत राम्रो अभिनय गरेको देखिन्छ । भिडियोमा सम्पादनमा कम्जोर केही कमजोरी देखिए पनि गीत भन्न खोजेको र स्किपले दिन खोजेको शब्दलाई कलाकार राम्रोसँग प्रस्तुत गरेको देखिन्छ ।

लोकदोहोरी, देउडा र कबितामा पछिल्लो समयमा ज्यादै जमेका गायक हुन् लोकेश । कर्णालीमा जन्मेर लोक गायक लोकेश लाउरे देउडा र लोकदोहोरीसहित पप, र्र्यापमा पनि उतिकै अबल रहेका छन् ।

गायक लोकेशले सानै देखि गित गाउने र गुनगुनाउने गर्थे। लाउरे को कलाकार भन्ने सपना त पूरा गरेको छु तर कलाकार बन्न भने नेपाली संगीत बजारमा तेति सजिलो छैन । तर पनि संघर्ष र संगीतको रफ्तारलाई अगाडी बढाउँदै गएको खण्डमा पक्कै सागेतिक शिखरमा पक्कै पुग्ने छन् । मान्छेको जिन्दगी त हो या कुनै रणभमी जिन्दगी मा केही पाउन केही गुमाउनु पर्दो रहेछ भन्दै गायक लोकेश गोराल लाहुरे केही निर्धक भएका छन।

गायक लाउरे २०५९/०३/२१ मा आमा जाना गोराल र बुबा रन्न गोराल को कोखबाट कर्णाली प्रदेश कालिकोट जिल्ला खा,न,पा वडा नं ६ गोरावडा भएको हो । गायक तथा सर्जक लोकेश गोराल लाउरे अहिले बैदेशीक रोजगारको सिलसिलामा दुबई बस्दै आएको करिब २ वर्ष भएको । गायक तथा सर्जक लोकेशलाई माया गरी उनले तयार पारेका लोकसंगीतका साथै गीतहरुको भिडियोहरुलाई माया गरी सुनिदिएर प्रतिक्रिया दिन अनुरोध छ ।