क्यानडाको विभिन्न स्थानमा छुरा प्रहार गर्ने दुई आक्रमणकारीमध्ये एकजना मृत फेला

एजेन्सी

क्यानडाको प्रहरीले आइतबार विभिन्न स्थानमा छुरा प्रहार गर्ने दुई संदिग्ध आक्रमणकारीमध्ये एकजना मृत फेला परेको जनाएको छ । क्यानाडाको मध्य सास्काचेवान प्रान्तमा आक्रमणकारीमध्ये एक ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिड क्री नेसनमा फेला परेको प्रहरीले जनाएको छ । आक्रमणमा परी ज्यान गुमाउनेहरूमध्ये धेरै यही ठाउँमा बस्छन् ।

दुबै संदिग्धहरूलाई अन्तिम पटक सास्काचेवानको राजधानी रेजिनामा देखाइएको थियो । तीनै प्रदेशका प्रहरी दुवैको खोजीमा जुटेका छन् । यी आक्रमणहरू विभिन्न १३ ठाउँमा भएका थिए । डेमियन र मिल्स दुवैलाई हत्याको आरोप लगाइएको छ ।