Breaking News

दोस्रो एकदिवसीय क्रिकेट खेल नेपाल केन्या विरुद्ध १७ रनले बिजयी

१८ भदौ, काठमाडौं । दोस्रो एकदिवसीय खेल नेपालले जितेको छ । आज भएको केन्या विरुद्धको खेलमा नेपालले १७ रनले जित्दै एक खेल अगावै तीन म्याचको श्रृंखला आफ्नो पक्षमा पोरेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या २१३ रनमा अलआउट भयो । दिपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमार पौडेलको कप्तानी पारीको मदतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । ९४ बलको सामना गरेका पौडलले सर्वाधिक ७८ रन बनाए ।

अघिल्लो एकदिवसीयमा शतक बनाएका आशिफ शेखलाई आराम दिएर देव खनाललाई ओपनिङमा अवसर दिइएको थियो । उनले ३७ बनाए । सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए ।

केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २(२ विकेट लिए ।

तेस्रो तथा अन्तिम म्याच पर्सि सोमबार हुनेछ ।