Breaking News

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै : राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गर्ने तयारी

प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘वेपत्ताa पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजै राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ ।

उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।