१७ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु हिजो दिनभरजसो बिहानैदेखि बालुवाटारमा छलफलमा सिट बाँडफाँटमा जुटे पनि लाष्टमा सहमति हुन सकेन ।
बैृठक कहिले शीर्ष नेताहरुको संयुक्त त कहिले वान अन वान छलफल भइरहे । तर सहमतिको कुनै आधार हुन सकेको छैन । आज पनि छलफल हुने बताइएको छ ।
हिजो राति ८ बजेसम्म बसेको बैठकले कुनै सहमति जुटाउन सकेन । यसरी मुल्यांकन गर्ने हो भने नेताहरुको यही रबैया र अडानले गर्दा सहमति जुटिहाल्ना भन्न सकिदैन ।
बैठकमा भएको छलफल अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ५०र५० को प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको कुल १६५ सिटमध्ये आधा कांग्रेसले लिने र बाँकी अरु दलले भागवण्डा गर्ने प्रस्ताव गरेका थिए ।
यसरी प्रचण्डको प्रस्तावअनुसार सिट बाँडफाँट गर्ने हो भने कांग्रेसको सिट ८०,८२ सिट पाउन सक्छ भने माओवादीले ५० हाराहारी सिट पाउनसक्छ । त्यस्तै एकीकृत समाजवादी र जसपाले १५÷२० सिट पाउन सक्छन् ।
तर हिजोको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई ७० सिट मात्र लिन प्रस्ताव गरेका छन् । कांग्रेसलाई ७० सिट दिएर बाँकी सिटमा अरु दलले बाँड्दा राम्रो हुने प्रस्ताव राखेका छन् । एकीकृति समाजवादी र जनता समाजवादीले आफुहरुलृ कम्तिमा २५र३० सिटसम्म पाउनु पर्ने जिकिर गरेका छन् ।
त्यसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, आफ्नो दलले २२र२५ सिट पाउनुपर्ने अडान राखेका छन् । १२र१५ सिट लिने हो भने तालमेल गर्नुको कुनै अर्थ नहुने उनको तर्क छ ।
त्यस्तै अर्को सत्तारुढ दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बाग्लुङ र प्युठान नपाउने हो भने गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् ।