हरितालिका (तीज) को पहिलो दिन चेलीबेटीलाई घरघरमा बोलाएर दर खुवाईदै

१३ भदौ, काठमाडौं । हरितालिका अर्थात् (तीज) व्रतको आज पहिलो दिन हो । आज दर खाने तयारीमा नेपाली महिला तथा समुदाय रहेकाछन् । आजको दिनदेखि चार दिने तीज पर्व सुरु हुँदैछ ।

विशेषगरी नारीले मनाउने हरितालिका तीजको पहिलो दिन आज दर खाने गरिन्छ। दरखाने प्रचलनअनुसार विवाह गरेर पोइलीघर गएका चेलीबेटीलाई माइतीले बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोली को तिज व्रतका लागि पूर्वतयारी गर्छन् ।

विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका
छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

तर नेपालमा पछिल्लो चरणमा यसले विकृति नै फैलाएको जस्तो तिज आउन समय रहँदै दरखाने निहुँमा भोजभतेर, नाजगान, खानपिन र गीत बजाएर रमाईलो गरिरहेका छन् । अझ त तिजले विकृति नै फैलाउने गरगहना, लगाई, खुवाई र रमाईलोका तडकभडकले गरिब र धनीको समुदायको तिजको रुपमा लैजाने जर्मको समेत गरिदै छ, यसले भविस्यमा संस्कृतीमा मासेर विकृति फैलाएर मासिने होकी भन्ने आकलन समेत गर्न सकिन्छ ।