१२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ४९ दिनदेखि लागेको तालाबन्दी खोल्ने वित्तिकै नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ ।
आइतबार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघको एक समूहले अवरोध गरेको थियो । त्यसको काउन्टरमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नारावाजी गर्यो ।
प्रहरी सुरक्षाका बीच बाँस्कोटाले पत्रकार सम्मेलन गरे, त्यसपछि विभिन्न कार्यालयमा लगाइएको तालाबन्दी पनि खुलेको थियो । त्रिवि अनेरास्ववियुका अध्यक्ष शम्भु भट्टका अनुसार सुरक्षाकर्मी र स्थानीयको रोहबरमा तालाबन्दी खोलिएको
थियो ।
तर नेविसंघले आफूहरुको सहमतिबिना ताला खोलिएको भन्दै फेरि तालाबन्दी गरेको छ ।
परीक्षाको प्रश्न पत्रमा लापरबाही गरेको भन्दै नेविसंघले २७ असारदेखि त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी गरेको
थियो ।