१२ भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण भन्दै ३४ बुँदे पत्र संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।
बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजात भन्दै समितिलाई आइतबार ३४ बुँदासहितको पत्र दिएका हुन् ।
बारले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यस निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।’