काँग्रेस नेता नैनसिंह महरद्धारा शैक्षिक ७ सुझाव

२० बैशाख,काठमाडौं । काँग्रेस नेता नैनसिंह महरले कोरोनाले शैक्षिक क्षेत्र निकै प्रभावित बनेको भन्दै यसतर्फ सरकारलाई गम्भीर हुन सात सुझाव दिएका छन् ।
नेता महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत शैक्षिक क्रियाकलाप बारे ७ बुँदे सुझाव दिएका हन् ।
‘कोभिड–१९को महामारीले विश्वसँगै नेपाल पनि प्रभावित बनेको र शिक्षा क्षेत्रमा गम्भीर समस्या सिर्जना भएको छ’, उनले लेखेका छन्, ‘लामो समयदेखि पठनपाठन पूर्ण रुपमा बन्दछ। कक्षा १०, ११ र १२ का १५ लाखभन्दा बढी विद्यार्थीहरू नियमित परिक्षा नहुँदा मानसिक तनावमा छन् । यी यस्ता समस्यालाई मध्यनजर गर्दै भर्चुअल कक्षाका लागि निशुल्क इन्टनेटको व्यवस्था गर्नुपर्ने बताए। कक्षा दशको परिक्षा सम्बन्धित विद्यालयले लिई नतिजा प्रकाशन गर्नेसम्मको अधिकार सरकारले सम्बन्धित विद्यालयलाई दिनुपर्ने उनको अर्को सुझाव छ ।

यस्ता छन् उनका सुझाव
१) भर्चुअल कक्षाका लागि निशुल्क इन्टरनेटको व्यवस्था गर्नु पर्दछ ।
२) कक्षा १० को परिक्षा सम्बन्धित विद्यालयमा लिने वा सोही विद्यालयले परिक्षा लिने र नतिजा प्रकाशनसम्मको अधिकार पाउनु पर्दछ ।
३) कक्षा ११ को परिक्षा लिने र नतिजा प्रकाशन गर्ने लगायतको सबै जिम्मेवारी सम्बन्धित विद्यालयलाई दिनु पर्दछ ।
४) कक्षा १२ को परिक्षा सम्वन्धित विद्यालयमै लिने वा पुरानै अनुसार सञ्चालन गर्ने प्रवन्ध मिलाउनु पर्दछ ।
५) विद्युत र इन्टरनेट नभएको ठाउँमा घुम्ती कक्षा सञ्चालन गर्नु पर्दछ ।
६) विद्यार्थीको पढाई र सिकाइको बारेमा सञ्चार माध्यम र सबै प्रकारका फोनहरूमा अभिभावकको जिम्मेवारी बारेका सूचना मुलक सन्देश दिनु पर्दछ ।
७) शिक्षित अभिभावकलाई घरमै कक्षा लिन अनुरोध गर्नु पर्दछ ।