कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधिन : आजै पशुपतिमा अन्त्येष्टि गरिने

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको हिजो राती निधिन भएको छ । नेता ७५ वर्षीय गिरिको हिजो राति साढे ९ बजे उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

गिरी विगत केही वर्षदेखि क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । घाँटीको क्यान्सर रोगबाट ग्रस्थ उनी शरीरका अन्य भागमा क्यान्सरले जेलेपछि उनलाई बचाउन नसकिएको हो ।

नेता गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको
छ ।

कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो ।

मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको शव राखिनेछ ।

पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिनेछ ।
भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।