देशभरमा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

३ भदौ, काठमाडौं । देशभरमा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने १९० जना संस्थागत आइसोलेसन र ४९ जना आईसीयूमा छन् ।

यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।