माओवादी केन्द्रको स्थायी समिति ४५ सदस्यीय : दश जना महिला पर्ने निश्चित

१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिमा धेरै महिलाले प्रवेश पाउने भएका छन् । समावेशी बनाउन धेरै महिला थपिन लागेको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।

आज बसेको बैठकमा स्थायी समितिलाई पूर्णता दिन छलफल हुँदा धेरै महिलाको नाम चर्चा भएको थियो ।

माओवादी एक स्थायी समिति सदस्यका अनुसार पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णकुमारी सुवेदी, अञ्जना विसंखे, यशोदा सुवेदी गुरुङ, अमृता थापा, कमला रोक्का, रेखा शर्मा उर्मिला अर्याल लगायत स्थायी समितिमा पर्ने निश्चित जस्तै भएको छ । पम्फा भुसाल यसअघि नै स्थायी समितिमा थिइन् ।

माओवादी केन्द्रको विधानमा स्थायी समिति ४५ सदस्यीय हुने व्यवस्था छ । केही नाम थप्न बाँकी रहेकाले स्थायी समितिले अझै पूर्णता भने पाउन बाँकी रहेको छ । नेकपाकालीन १५ जना स्वतः माओवादी केन्द्रको स्थायी समिति सदस्य भएका छन् ।

त्यस्तै १० प्रदेश इन्चार्ज पनि स्वतः स्थायी समिति सदस्य हुनेछ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल पनि स्वतः स्थायी समितिमा पर्ने निर्णय माओवादीले गरेको छ ।

 माओवादीको सम्भावित स्थायी समिति :

पुष्पकमल दाहाल प्रचण्ड

नारायणकाजी श्रेष्ठ

कृष्णबहादुर महरा

देव गुरुङ

बर्षमान पुन

जनार्दन शर्मा

पम्फा भुसाल

गणेश साह

गिरिराजमणि पोखरेल

हरिबोल गजुरेल

शक्ति बस्नेत

चक्रपाणि खनाल

देवेन्द्र पौडेल

मात्रिका यादव

लिलामणि पोखरेल

हितमान शाक्य

हितराज पाण्डे

राम कार्की

डिलाराम आचार्य

कालीबहादुर मल्ल

खगराज भट्ट

जयपुरी घर्ती

ओनसरी घर्ती

शशी श्रेष्ठ

पूर्णकुमारी सुवेदी

अन्जना विसंखे

यशोदा सुवेदी गुरुङ

अमृता थापा

कमला रोका

रेखा शर्मा

उर्मिला अर्याल

महेश्वर गहतराज

हकिकुल्ला खाँ