सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शुरू हुनेछ।
आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ।
साथै आगामी निर्वाचन र समसायीक राजनीतिसक विषयका बारेमा पनि छलफल हुनेछ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो।
हिजो बसेको बैठकले बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो।