माओवादीसँग बामदेवको बार्गेटिङ संघमा एक र प्रदेशमा २ सांसदको दाबी

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् ।

गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले वामदेव गौतम र बाबुराम भट्टराई नेतृत्वको नेसपालाई गोलाकार भित्रको हसिया हथौडा चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको छ । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नमा लड्न दिने निर्णय गरेको बताए ।