बञ्चरेडाँडा–सिसडोलका स्थानीयले भदौ १ गतेदेखि गर्ने भनेको आन्दोलन स्थगित

बञ्चरेडाँडा–सिसडोलका स्थानीयले भदौ १ गतेदेखि गर्ने भनेको आन्दोलन स्थगित गरेका छन्।

मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयलाई सम्झौता कार्यान्वयन गर्न निर्देशन दिएको थियो। तीन महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेसँगै भदौ १ गतेदेखि गरिने भनेको आन्दोलन फिर्ता लिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले सेतोपाटीलाई जानकारी दिए।

विगतमा भएका सम्झौता कार्यान्वयन गर्न साउन ३१ गते‍सम्म सरकारलाई समय दिइएको थियो। तर अल्टिमेटम बित्नुभन्दा केही दिन अघिमात्रै सरकारले काम गर्न प्राविधिक परामर्शदाता सहितको समिति गठन गरेको जानकारी दिएपछि भदौ १ गतेदेखि बञ्चरेडाँडामा फोहोर लैजान दिने निर्णय गरिएको बताए ।

सरकारले प्राविधिक परामर्शदाता सहितको टोली गठन गरेको जानकारी दिएपछि आन्दोलन फिर्ता लिइएको हो।