Breaking News

देशभरमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि

३० साउन, काठमाडौं । देशभरमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

आजै ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका छन् ।