प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई भेट्न डा. शेखर कोइराला बालुवाटारमा

२९ साउन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न डा. शेखर कोइराला बालुवाटार गएका छन् ।

शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले उनलाई बोलाएका थिए । देउवाले बोलाएपछि कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट गरेका
हुन् । देउवा र शेखरबीच भएको छलफलको विषय भने खुलेको छैन ।

शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरुको बैठक आज बोलाइएको थियो ।

‘हिजोको बैठकमा उठेका विषय जानकारी दिने गरि छलफलका लागि जुटेका थिए ।