विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन्।

आज आइतबार बसेको केन्द्रीय समिति बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष चयन गरेको हो। यस्तै पार्टीले सञ्जिववल्लभ भट्टराईलाई संयोजक चयन गरेको हो।

बैठकले पूर्व-अध्यक्ष रविन्द्र मिश्रको राजीनामा स्वीकृत गरेसँगै पार्टीको नयाँ नेतृत्व चयन गरेको हो।

पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावलाई केन्द्रीत गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि गरेको छ।

विवेकशील साझाले औपचारिक रूपमा पार्टीको अध्यक्षसहित पदाधिकारीहरू विशेष भेला वा महाधिवेशनबाट नै चयन गर्ने तयारी गरेको छ।

बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व-संयोजक हुन्। यसअघि उनले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारी दिएकी थिइन्।