बाजुरेली मजदुरलाई बाजुराका काँग्रेस अगुवाद्धारा सहयोग

बैशाख १९, काठमाण्डौ । आज मे १ अर्थात् मजदुर दिवस । विश्वका मजदुरहरुको स्थापना भएको दिनलाई मजदुर दिवस भनिन्छ । विश्व अहिले कोरोना भाइरसका कारण लकडाउनमा भएर प्राय सबै मदजुर घरमै नजर बन्द जस्तै गरी बसेका भए पनि आज मजदुरहरुले मजदुर दिवस भने मनाएका छन् । यसै क्रममा सुदूरपश्चिम प्रदेशको दुर्घम जिल्ला बाजुरााम आज मजदुर दिवस कै अवसर पारेर नेपाली काँग्रेस बाजुराका नेता तथा महासमिति सदस्य पदम बहादुर शाहीको पहलमा राजेन्द्र थापा, बिक्रम थापा लगाएत तरुण दल बाजुराका नेता तथा युवा व्यवसायी सरोज शाही ने.बि. संघ बाजुराका नेता तथा युवा व्यावसायिक थुमराज उपाध्याय त्यस्तै ने बि संघ बाजुराका नेता अमृत शाही युवा व्यवसायी खडगराज जोशी लगायतका नेताहरूको सहयोगमा लकडाउनका कारण काठमान्डौमा अलपत्र परेका १०० जना मजदुरलाई प्रति व्यक्ति १० केजि चामल २ केजि दाल लगायतका अन्य खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।
बाजुरा जिल्लाबाट काठमाडौंमा मजदुरी गर्न भएका मजदुर दाजुभाइलाई कोरोना लकडाउन परेर समस्या परेका लाई केही राहत हुन्छकी भन्ने मनसाएले हामीले सानो सहयोग गरेको नेता थुमराज उपाध्यायले बताएका छन् ।
उनका अनुसार बाजुराका विभिन्न स्थानीय तहबाट काठमान्डौमा ज्यालादारी गरेर लकडाउनमा परेका बाजुरेली मजदुरलाई राहत वितरण गरेको बताएका छन् । अहिलेको यो मानव संकटको बेला स्थानीय सरकारले जिल्लाबाट मजदुरी गर्न बाहिर आएका र लकडाउनका कारण रोकिएका मजदुरको लागि बिषेश राहात प्याकेज ल्याउनु पर्नेमा त्यसो हुन नसकेको र त्यसका लागि हामी सबैले स्थानीय सरकार सँग माग गरिरहेको बताएका छन् । एक त आज मजदुर दिवस, त्यसमा पनि बाजुराबाट काठमाण्डौं आएर मजदुरी गरिरहेका मजदुरलाई सहयोग गरिएको कुरा बाजुराका काँग्रेस अगुवाहरुको भनाई रहेको छ ।