अखिल नेपाल क्रान्तिकारी टेड्र युनियनद्धारा मजदुर अन्तरक्रिया कार्यक्रम आयोजना

बैशाख १९, काठमाण्डौ । आज मे १ अर्थात् १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवस । विश्व श्रमिक वर्गको उत्सव र विजय को दिनको रुपमा पनि मानिन्छ । कोरोना भाइरसले कारण अहिले सिङ्गो देश लकडाउनको अवस्थामा छ । श्रमिक दिवसको अवसरमा नकपा (क्रान्तिकारी माओवादी) समर्थित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले देशव्यापी रुपमा मजदुर दिवसका कार्यक्रम गरेको छ । काठमाडौको जोरपाटीमा महासंघको केन्द्रीय समितिको आयोजनामा मजदुर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पार्टी पिबिएम तथा ३ नम्बर प्रदेश सेक्रेटरी क.प्रवेशको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मजदुर महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा महासंघका नेताहरु ढोग प्रसाद अधिकारी, उमेश लामा र राजु लामाको समेत सहभागि रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले अनौपचारिक श्रम बजारमा काम गर्ने नेपाली मजदुरहरुको अवस्था गम्भीर बन्दै गएकोले राज्यले मजदुर लक्षित राहतको कार्यक्रम घोषणा गर्न विलम्ब भएको बताउदै औपचारिक क्षेत्रमा काम गर्ने मजदुरको रोजगार तथा तलब कटौतीका सन्दर्भमा सरकारपक्ष गम्भीर बन्न नसकेको टिप्पणी गरेको थिए । अध्यक्ष तिमिल्सिनका अनुसार, सरकारको हदै सम्मको लाचारी र मजदुर वर्ग माथिको अन्याय हो, अब यसको विकल्प खोज्नु पर्छ ।
आजै मजदुर दिवसको अवसरमा महासंघको आयोजनामा सिन्धुली को भिमानमा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासंघका महासचिव वसन्त बोगटी प्रमुख अतिथि रहेको कार्यक्रममा प्रवासी मजदुर नेता घनश्याम पहाडी, पार्टीका ३ नम्बर प्रदेश सदस्य सुनिता बुढाथोकी, प्रदेश ३ नम्बर प्रदेश कमिटी सदस्य सुरेश खत्री, विद्यार्थी नेता नरेन्द्र कार्की लगायतको उपस्थिति रहेको बताइएको छ ।
कार्यक्रममा बोल्ने क्रममा महासचिव बोगटीले नेपाल भित्र र वैदेशिक रोजगारीको शिलशिलामा भारत, मलेसिया, मध्यपुर्व लगायत संसार भरी करिब ६० लाखको संख्यामा रहेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीले हाल भोग्नु परेको संकटमा सहयोग गर्ने गरि सरकारले आफ्नो न्युनतम उपस्थिति पनि देखाउन नसकेको बताउदै अब मजदुर वर्गले यो संकट भित्रैबाट नयाँ सम्भावना र विकल्पको खोजी गर्नु पर्ने टिप्पणी गर्नु भयो । त्यस्तै आजै काठमाडौको शान्तिनगरमा यातायात मजदुरहरुको अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।
महासंघका केन्द्रीय सचिवालय सदस्य कुमार घतानेको संयोजनमा उक्त कार्यक्रम भएको हो । त्यस्तै मजदुर दिवसकै अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिका मा पनि मजदुर हरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलार्ई महासंघका केन्द्रीय सदस्य दिनेश थापाले संयोजन गर्नु भएको थियो ।
त्यस्तै जनकपुर बसपार्कमा महासंघका केन्द्रीय सदस्य नन्दु झाको संयोजकत्वमा यातायात मजदुरहरुको अन्तरक्रिया सम्पन्न भएको छ भने ५ नम्बर प्रदेशको देवदह नगरपालिका–७ मा पनि मे १ मजदुर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको बताइएको छ । महासंघका केन्द्रिय सदस्यद्वय भिमलाल काफ्ले र राजु भुजेलले संयोजन गरेको कार्यक्रममा उल्लेख्य मजदुरहरुको उपस्थिति रहेको बताईएको छ ।