काठमाडौंकोका सडक पेटिमा फोहरको थुप्रो थुप्रिए आवतजावतमा समस्या

करिब दुई महिना भयो काठमाडौंको सडक पेटिमा फोहरको थुप्रो थुपारिएकोे छ । सोही फोहोरको थुप्रोले काठमाण्डौ का नागरिकलाई आवतजावत गर्न समस्या खडा भएको छ । सडक भेटिमा थुपारिएको फोहोरले आवतजावतको समस्या मात्र नभएर गन्हाएर हिड्न समेत समस्या भएको छ । अझै त्यतिकै मात्रा घरघरका आँगन र घर पेटीमा थुपारिएको फोहोरले झनै दुरगन्धित बनाएकाो छ । तर काठमाडौं महानगरपालिकाले फोहोर नउठ्नाको कारण बाटो मर्मतको देखाउँदै फोहोर समयमा उठ्न नसकेको बताएको छ ।

फोहोरकाा थुप्राहरु मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वर, डिल्लीबजार, प्रर्दशनीमार्ग, क्षेत्रपाटी, डल्लुलगायत स्थानका सडक पेटीमा लामो समयदेखिको फोहोरको थुप्रो थुप्रिदा हिडडुलमा समस्या आएको छ ।

यही साउन ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाले बताएको छ।