गृगौला पिडित पत्रकार विके पाल्पालीलाई उद्योगी शिवप्रसाद घिमिरेद्धारा सहयोग

बैशाख १९, काठमाण्डौ । मृगौला पिडित पत्रकार विजयकुमार पोख्रेल (विके पाल्पाली) लाई उद्योगी शिवप्रसाद घिमिरेले खाद्यन्न तथा आर्थिक सहयोग गरेका छन् । लकडाउनका कारण पाल्पाली र उनको परिवार आर्थिक समस्या परेको बिषयमा समाचार सार्वजनिक भएपछि उद्योगी घिमिरेले नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको समन्वयमा करिब दुई महिनालाई पुग्ने खाद्यन्न (चामल, दाल, तेल, गेडागुडी, चिनी, चियापत्ती, विस्कुट, आँटालगायत) उपलब्ध गराएका छन् । त्यसैगरी औषधी उपचारमा सहयोग पुग्ने गरी १५ हजार रुपैयाँ समेत आज महासंघको कार्यालय भृकुटीमण्डपमा गएर शाख अध्यक्ष शन्तराम बिडारी सहितको टिमलाई हस्तान्तरण गरेका छन् । घिमिरेले अगाडी भने, पत्रकार पाल्पाली आर्थिक समस्या परेको सुनेपछि शाखामार्फत केही सहयोग गरेको हुँ’ । उनी नेपाल उद्योग बाणिज्य महासंघको कार्यसमिति सदस्य हुन् । उनको पेट्रोलियम, ग्यास, सञ्चार, अक्सिजन प्लान्ट, जलविद्युतु, अटोमोबाइललगायत क्षेत्रमा लगानी छ ।
महासंघका उपाध्यक्ष सुर्य सुवेदीले उद्योगी घिमिरेबाट प्राप्त खाद्यान्न र नगद आजै नै भक्तपुरको सिपाडोलस्थित पाल्पालीको निवासमा बुझाइसकेको जानकारी दिएका छन् । ‘नगदसहितको राहत सामग्री पाएर पाल्पालीको परिवारले अत्यन्तै खुसी व्यक्त गर्नुभयो’ शाखा उपाध्यक्ष सुवेदीले भन्नुभयो, ‘उपाध्यक्षका अनुसार उहाँलाई अन्य व्यक्ती तथा संस्थाको पनि सहयोगको खाँचो छ । उद्योगी घिमिरेले सहयोग गरेर शुरु गर्नुभएको यो अभियानमा अरु मनकारी व्यक्तीले पनि सहयोग गर्नुहुने अपेक्षा राखेका छौं ।
पाल्पालीको जीवन संगिनी रेणुका भट्टराई पनि मधुमेह रोगले थलिएकी छिन् । परिवारको आम्दानीको स्रोत खुम्चदै गएको बेला कोराना रोग नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा खानका लागि नै समस्या भेग्नुपर्ने स्थितिमा उनको परिवार गुज्रिरहेको छ ।
नेपाल बोर्डर साप्ताहिकका प्रकाशक तथा सम्पादक पाल्पालीको ०७० मा दुवै मृगौला फेल भएका थिए । भारत पुगेर उपचार गरेका उनको अहिले दैनिक तीन पटक घरमै डायलाइसिस हुने गरेको छ । पछिल्लो समय घरमै डायलाइसिस्गर्ने गरेपनि पैसा नभएर औषधी अभाव हुन थालेपनि उनी चिन्तित हुन थालेका छन् ।
पाल्पालीलाई घरमै पुगेर रकम हस्तान्तरण गर्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्यहरु फणीन्द्र फुयाल, कमल राना र सहसचिव अमिर लामा लगायतका पत्रकार साथिहरु पुग्नु भएको थियो ।