अविरल बर्षाका कारण आएको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

केही दिनदेखि आएको अविरल बर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सोमबारबाट पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो। संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

लेदोसहित खसेको पहिरोमा एक भारतिय ट्रक फसेको छ । ट्रकमा रहेका यात्रुहरूको सकुशल उद्दार गरिएको छ । पहिरो खस्दा यात्रामा रहेका यात्रुहरु अलपत्र परेका छन् ।