आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने

आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानिय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो ।

मन्त्रालयद्धारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा नर्स रहनेछन् भने  प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालयमा नयाँ ‘स्कुल नर्स’ रहनेछन् ।

यसैगरी, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ विद्यालयमा, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० विद्यालयमा, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालयमा यसै आर्थिक वर्षबाट ‘स्कुल नर्स’ रहने ब्यवस्था गरिएको छ ।