डा. बाबुराम भट्टराई समूहलाई निर्वाचन आयोगले दलको नाम नेपाल समाजवादी पार्टी प्रदान

८ साउन, काठमाडौं । जसपाबाट अलग्गिए नयाँ पार्टी निर्माणमा जुटेका डा. बाबुराम भट्टराई समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ ।

निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो ।

भट्टराई समूहले नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको बताएको छ। यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।