स्नातक प्रथम वर्षको परीक्षाको नतिजा अझै सार्वजनिक गरेको छैन

१२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०७८ साउनमा लिएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा अझै सार्वजनिक गरेको छैन ।

सो नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् ।

कोभिड–१९ महामारीका कारण स्नातक तहको तेस्रो वर्षको परीक्षा सरेर चैतमा मात्रै भएको थियो । तेस्रो वर्षको नतिजा पनि अझै सार्वजनिक हुन सकेको छैन ।