Breaking News

बिस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी

सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ । घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी परेको हो ।

घटना गाउँ मै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीको भनाई छ । प्रहरी गाउँमै पुगेपछि प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएके भन्दै उजुरी दिएको प्रहरीले जनाए ।

आरोपित जेठाजु भने फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाए ।