अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्र्दै भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले सूचनामा विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको हो ।

यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ।

खोप नलगाएकाहरूले लगाउन पनि उनले आग्रह गरेका छन्। कसैलाई कोरोना लागे अस्पतालमा गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।