अदाणी ग्रुपका मालिक गौतम अदाणी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई पछि पार्दै विश्वको चौथो धनी व्यक्ति बनेका छन् ।
फोर्ब्सको ताजा सूचीअनुसार भारतको अदाणी समूहको कूल सम्पत्ति ११५.५ बिलियन डलर पुगेको छ । उता, बिल गेट्स १०४.६ अर्ब सम्पत्तिसहित पाँचौँ स्थानमा कायम रहेका छन् । बिल गेट्स गत अप्रिलमा १ सय अर्ब डलरभन्दा बढी सम्पत्ति हुने व्यक्तिको सूचीमा समावेश भएका थिए ।