Breaking News

छानबिन संसदीय समितिले भेटाउन सकेन तथ्य प्रमाण

बजेट निर्माणमा मन्त्रालय बाहेक बाहिरका मान्छेलाई समावेश गरी बजेट निर्माण गरेको भन्दै आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले काम सुरू गरेको ७ दिन बितिसकेको छ । छानबिन प्रक्रिया अन्तिम चरणतर्फ पुग्दै गर्दा संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रीविरुद्ध अभियोग पुष्टि हुने कुनै प्रमाण भेट्टाउन नसकेको हो । निवर्तमामा अर्थमन्त्री शर्मा बिरुद्धको छानबिन समितिको म्याद अब ३ दिन बाँकी रहेकाले प्राप्त तथ्यलाई केलाएर विस्तृत प्रतिवेदन तयार गरेर सभामुख समक्ष पेश गर्ने बुझिएको छ।

समितिले आउँदो साउन ५ गते बिहीबारसम्ममा आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ । शर्मालाई असार २२ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग बमोजिम प्रतिनिधि सभाका संसदहरू सम्मिलित विशेष छानबिन समिति गठन भएको थियो । समितिमा ११ जना सांसद रहेका छन् ।