नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन

नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन गरेको छ।

महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन भएको छ।

त्यस्तै केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको छ।

अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए।

केन्द्रीय कार्यसमिति बैठकले ती समितिको नेतृत्व चयन गरेको छ भने सदस्यहरू पछि थप गरिनेछ।

१४ औं महाधिवेशन भएको छ महिनाभित्र समिति गठन गर्नुपर्ने भए पनि सभापति शेरबहादुर देउवाले समिति गठन नगरेकोमा विरोध भइरहेको थियो।